१० लाख भारतीय रुपैयाँसहित तीन जना पक्राउ
काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित डन्डाबाट सशस्त्र प्रहरीले १० लाख भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतको सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुर घर भएका ४० वर्षीय अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठी रहेका छन् ।
उनीहरुलाई सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म डन्डाको टोलीले पक्राउ गरेको हो ।
बेलहियाबाट भैरहवातर्फ आउँदै गरेको लु २ च ७३५० र प्रदेश ०१–०२६ च ३६५२ नम्बरको भ्यानबाट उक्त परिमाणको रकम बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।
