प्रतिनिधि सभा बैठक बस्दै

तु खबर संवाददाता
२०८० आश्विन १४, आईतवार ०८:३२
file-photo

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।

संसद् सचिवालयका अनुसार, बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची तय भएको छ ।

त्यसैगरी, सभामुखले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउनेछन् ।

यस्तै, आजको बैठकमा ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ । त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।