जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ
काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले बर्दिया र मोरङबाट जबरजस्ती करणी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले बर्दियामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बढैयाताल गाउँपालिका–९ श्रीलंका टोल बस्ने गेरूवा गाउँपालिका–५ गोला घर भएका ५२ वर्षीय कृष्ण कुमार दमाईलाई पक्राउ गरेको छ ।
उनले ती बालिकालाई विभिन्न समयमा पटक–पटक जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी सितलाबजारबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
यसैगरी, प्रहरीले मोरङको १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा विराटनगर महानगरपालिका–३ जहदा बस्ने २० वर्षीय दिपेन्द्र कुमार मण्डलसहित २ जनालाई पक्राउ गरेको छ ।
मण्डल लगायत ६ जनाले ती किशोरीलाई जहदा जयरामपुर धान खेतमा बोलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
घटनामा संलग्न हाल फरार अन्य व्यक्तिहरूकोे खोजीकार्य हुनुका साथै दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
