हेटौंडामा घरायसी विवाद हुँदा तीन जनामाथि चिर्पट प्रहार, एक पक्राउ

तु खबर संवाददाता
२०८० आश्विन ११, बिहीबार १७:४५
file-photo

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आज दिउँसो  चिर्पट प्रहारबाट तीन जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा बद्रीनाथका बाबु ७३ वर्षीय रामजी मौनाली, आमा ७३ वर्षीया माया मैनाली र भाई ४० वर्षीय केदार मैनाली रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ बुलनटोल बस्ने अन्दाजी ५० वर्षीय बद्रीनाथ मैनालीले घरायसी विवादको कारण आफ्नै बाबु, आमा र भाईमाथि चिर्पट प्रहार गरेका हुन् ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, चिर्पट प्रहारबाट घाइते भएकामध्ये बन्द्रीनाथको आमा मायाको अवस्था गम्भीर रहेको छ ।

उनको हेटौंडा अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि चितवनको भरतपुरतर्फ रिफर गरिएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

यस्तै, चिर्पट प्रहारबाट घाइते भएका बद्रीनाथको बाबु र भाइको अवस्था भने सामान्य रहेको र उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

चिर्पट प्रहार गर्ने बद्रीनाथलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।