बुधबार शेयर १८ अंकले घट्यो, १ अर्ब ८१ करोडमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको चौथौ दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ ।
कारोबारको अघिल्लो दिन बढेको शेयर बजार आज १८ अंकले घटेर २००४ को विन्दुमा कायम भएको हो ।
यस्तै, शेयर बजारमा आज कारोबार भएका २८२ कम्पनीहरुको ७० लाख ६१ हजार ४०४ कित्ता शेयर खरिद बिक्री हुदा कुल १ अर्ब ८१ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।
यसअघि मंगलबार नेप्से परिसूचक १८ अंकले बढेर २०२२ को विन्दुमा कायम भएको थियो भने ८७ लाख ४ हजार ४७७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड ३८ लाख बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका सबै उपसूचक समेत राताम्मे भएका छन् ।
