दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या, श्रीमान् पक्राउ

तु खबर संवाददाता
२०८० आश्विन ४, बिहीबार १५:४६

सुन्दरहरैँचा । सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका आधारमा भगतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, पक्राउ परेका उनीमाथि विराटनगर महानगरपालिका–१७ मटेरूवाकी २३ वर्षीया चौधरीको हत्या गरेको आरोप छ । उनले २१ महिना अगाडि विवाहका बेला चौधरीसँग रु ३२ लाख नगद, आठ तोला सुन, ९० तोला चाँदी र एक मोटरसाइकल दाइजोमा ल्याएका थिए । थप दाइजो नल्याएको भन्दै चौधरीको हत्या गरेको माइती पक्षको आरोप रहेको छ ।

हत्या भएपछि भगतलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको प्रकृया अगाडि बढाइएको जनाएको छ ।