हेटौंडाबाट लागूऔषधसहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र २९, शुक्रबार १८:२४
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित शुक्रबार तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कबाट लागूऔषध गाँजा ६ केजीसहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पर्साको गढी नगरपालिका–९ टाँगा बस्ने ३० वर्षीय संजय भन्ने अमिर लाल प्रसाद यादव, ४५ वर्षीय जंग बहादुर पासवान र ३२ वर्षीय मनोज यादव रहेका छन् ।

उनीहरुलाई विशेष सूचनाको आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।