बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ
दाङ । दाङमा आफ्नै बाबुको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्वर ५ दलजितपुरका ५१ वर्षका प्रेमबहादुर केसीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनकै छोरा २८ वर्षीय सन्तोष केसीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, भदौ २८ गते साँझ मादक पदार्थ सेवन गरी छोरा सन्तोषले बाबु प्रेमबहादुरलाई कुटपिट गरेको प्रत्यक्षदर्शीको भनाई छ । छोराको कुटपिटबाट घाइते भएका प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको हो ।
पक्राउ परेका सन्तोषमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
