स्रोत नखुलेको ३ लाखसहित भारतीय नागरिक पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र २७, बुधबार ०९:४५
सांकेतिक तस्बिर

नेपालगञ्ज । बाँकेको सीमावर्ती क्षेत्र जमुनाह नाकाबाट प्रहरीले नेपाली रु तीन लाखसहित एक भारतीय नागरिक पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बहराइच जिल्लाका ३० वर्षीय इस्तियाक अहमद रहेका छन् । युपी ३२ एलएच ३७०४ नंको भारतीय मोटरसाइकलबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको सीमा सुरक्षा गुल्म, जमुनाहाले जनाएको छ ।

भारतबाट मोटरसाइलमा नेपालतर्फ आउँदै गरेका अहमदको साथमा फेला परेको सो रकमको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिएका उनलाई बरामद रकम र मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ ।