कोसी प्रदेशको मुख्य न्यायाधिवक्तामा आचार्य

तु खबर संवाददाता
२०८० भाद्र २५, सोमबार १८:३८

विराटनगर । कोसी प्रदेशको मुख्य न्यायाधिवक्तामा गजेन्द्र आचार्य नियुक्त भएका छन् । आचार्य सोमबार मुख्य न्यायाधिवक्तामा नियुक्त भएका हुन् ।

प्रदेश प्रमुख प्रर्शुराम खापुङले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्य न्यायाधिवक्तामा आचार्यलाई नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

सोमबार नै विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा उच्च अदालत विराटनगरका निमित्त मुख्य न्यायाधीश दिनेशप्रसाद यादवले नवनियुक्त मुख्य न्यायाधिवक्ता आचार्यलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

भदौ २४ गते मुख्य न्यायाधिवक्ता बुद्धिबहादुर कटुवालले राजीनामा दिएपछि आचार्यलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको हो ।