बाराबाट पक्राउ परे मकवानपुरका घलान र बन्जनसहित तीन जना

तु खबर संवाददाता
२०८० भाद्र २५, सोमबार १६:४४

बारा । बारा प्रहरीले जिल्लाको निजगढ नगरपालिका–९ सिम्रिस्थित जंगलबाट आइतबार दिउँसो अवैध लागूऔषध गाँजासहित तीन जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुरको बकैया गाउँपालिका–९ बस्ने २८ वर्षीय सुजन घलान, मकवानपुरगढी गाउँपालिका–१ बस्ने २६ वर्षीय गणेश बहादुर बन्जन, रौतहट चन्द्रपुर नगरपालिका–३ बस्ने ३४ वर्षीय छबीलाल स्याङताङ रहेका छन् ।

उनीहरुलाई ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले ५ किलो गाँजासहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, ना.४५ प ३४३ नम्बरको मोटरसाइकलमा सवार सुजन र गणेशले उक्त गाँजा छबीलाललाई बिक्री गर्न लागेको भन्ने खबर प्राप्त हुनासाथ पुगेको प्रहरीले तीनै जनालाई पक्राउ गरिएको हो ।

उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।