प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक जना पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र २५, सोमबार ०९:१४

काठमाडौं । प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको आरुघाट गाउँपालिका वडा नम्वर ४ घर भई हाल काठमाडौं बस्ने ३७ वर्षीय सन्तोष कुमार धमला रहेका छन् ।

माछापोखरीस्थित ट्राफिक प्रहरी वृत्त नयाँबसपार्कबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा शनिबार राति प्रहरीलाई नै कुटपिट तथा अभद्र व्यवहार गरेपछि धमलालाई पक्राउ गरेको जनाएको छ ।

धमलाउपर अभद्र व्यवहार मुद्दामा म्याद थप भई थप अनुसन्धान गरिरहेको जनाइएको छ ।