स्रोत नखुलेको साढे २० लाख रकमसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र २३, शनिबार ०९:३५
सांकेतिक तस्बिर

जनकपुरधाम ।  जनकपुरधाम उपमहानगरपालिका ४ स्थित सडकबाट स्रोत नखुलेको साढे २० लाख रुपैयाँसहित प्रहरीले शुक्रबार दिउँसो एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला दरभंगा थाना सिंहवाडा गाँउ लहेरिया सराय बस्ने २० वर्षीय राजेश साह रहेका छन् ।

उनलाई गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले नेपाली रकम १ हजार दरको नोट १ हजार ८५० थान र ५ पाँच सय दरको नोट ४ सय थान गरी २० लाख ५० हजार रुपैयाँसहित पक्राउ गरिएको हो ।

बरामद गरिएको रकमसहित उनलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।