संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय

तु खबर संवाददाता
२०८० भाद्र २२, शुक्रबार ०८:५८
file-photo

काठमाडौं । सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० लाई संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन सम्बन्धी विधेयक, २०८० पनि संघीय संसदमा पेश गर्ने निर्णय गरेको हो ।

संघीयता कार्यान्वयनमा नै समास्या पर्ने अवस्था आइसक्दा समेत संघीय निजामती र शिक्षा ऐन आउन नसक्दा स्थानीय तह र प्रदेश सरकारले संघ सरकारको आलोचना गरिरहेका छन् ।

सरकारले विभिन्न स्वार्थ समूहहरुले आफू अनुकुलको व्यवस्था गर्न बढाएको दबाबकाबीच दुबै विधेयकहरु संसदमा पठाउने निर्णय गरेको छ ।