लोसपाले वडासम्म समीक्षा र सुधार अभियान चलाउने

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले केन्द्रदेखि वडा तथा वुथ कमिटीसम्म समीक्षा र सुधार अभियान चलाउने भएको छ ।
मंगलबार महोत्तरीको बर्दिबासमा बसेको लोसपा मधेश प्रदेशको विस्तारित बैठकले अभियान चलाउने निर्णय गरेको हो ।
मंगलबार जनकपुर पार्टी कार्यालयमा लोसपाले पत्रकार सम्मेलन आयोजना गरी मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले संगठन चुस्त दुरुस्त बनाउन सुरक्षा र सुधार अभियान चलाउने निर्णय भएको बताए ।
बैठकमा केन्द्रीय समिति विस्तार गर्ने विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।