एकीकृत समाजवादीले १५ दिने मेची–महाकाली अभियान संचालन गर्ने

तु खबर संवाददाता
२०८० भाद्र १९, मंगलवार १५:४१

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले १५ दिने मेची–महाकाली अभियान संचालन गर्ने भएको छ ।

सङ्गठनमा देखिएका समस्यालाई हल गदै पार्टी पङ्क्तिलाई क्रियाशील बनाउने उद्देश्यसहित मेची महाकाली अभियान संचालन गर्ने केन्द्रीय कमिटीको निर्णयलाई सोमबार बसेको सचिवालय बैठकले कार्यतालिकासहित अनुमोदन गरेको हो ।

अभियान अन्तर्गत सो पार्टीले मुलुकका रूपान्तरणकारी एजेन्डा जनतामाझ लैजाने जनाएको छ । सचिवालय बैठकले आगामी असोज १४ गतेदेखि २९ गतेसम्म मेची महाकाली अभियान चलाउने निर्णयसहितको प्रस्ताव पनि पारित गरेको छ । सम्मानित नेता झलनाथ खनालका अनुसार अभियान मेचीबाट सुरु गरेर महाकालीमा समापन गर्ने तयारी छ ।

एकीकृत समाजवादीका नेताहरूका अनुसार अभियानमा सचिवालयका अधिकांश नेताका साथै १ सयभन्दा बढी नेता कार्यकर्ता अभियानभर सहभागी हुनेछन् ।