ज्यान मार्ने उद्योग कसूरका फरार प्रतिवादी पक्राउ
काठमाडौं । ज्यान मार्ने उद्योग कसूरका फरार एक प्रतिवादीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपलिका–११ ठेगाना भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका कपन बस्ने ३० वर्षीय निरज मगर भन्ने सुमन थापा मगर रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चाबहिलबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार, मगर काठमाडौं महानगरपालिका–३१ शंखमुलमा सुरज खडकालाई २०७८ चैत्र ९ गते दिउँसो धारिलो हतियार खुकुरी प्रहार गरी ज्यान मार्ने उद्योग कसूरमा संलग्न रही फरार रहेका थिए ।
उनलाई ज्यान मार्ने उद्योग कसूरमा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौं पठाइएको जनाइएको छ ।
