प्रतिनिधि सभाको अर्को बैठक बिहीबार बस्ने

तु खबर संवाददाता
२०८० भाद्र १८, सोमबार १६:३१
file photo

काठमाडौँ । प्रतिनिधि सभाको अर्को बैठक भदौ २१ गते बिहीबार बस्ने भएको छ ।

सभामुख देवराज घिमिरेले सोमबारको बैठक स्थगित गर्दै अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने जानकारी गराएका हुन् ।

यस्तै सभामुख घिमिरेले नेपाल र भारतबीच भइरहेको एसिया कप क्रिकेटमा नेपाललाई विजयको शुभकामना समेत दिए ।