अवैध लागूऔषधसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र १८, सोमबार १५:४९
सांकेतिक तस्बिर

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ बैशाखा पुलबाट प्रहरीले अवैध लागूऔषधसहित आइतबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध खैरो हेरोईन २ ग्राम ९५ मिलिग्रामसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही नगरपालिका–४ आमबगैया बस्ने ३८ वर्षीय राम सिंह बुडाल रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

आइतबार भारतबाट नेपालतर्फ आउँदै गरेको म.२ प ८४१५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक उनलाई उक्त परिमाणको लागूऔषधसहित पक्राय गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।