खोलाले बगाउँदा दाजु–बहिनीको मृत्यु

तु खबर संवाददाता
२०८० भाद्र १८, सोमबार १०:३०
सांकेतिक तस्वीर

रुकुम । रूकुम पश्चिममा आइतबार खोलाले बगाउदा एकै घरका दाजु–बहिनीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चौरजहारी नगरपालिका– ६ घर्तीकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षिया छोरी भावना बुढाथोकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, आइतबार बेलुकी विद्यालयबाट घर फर्किने क्रममा खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको हो । दुवैको शव डेढ सय मिटर तल फेला परेको थियो ।