जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
तनहुँ । तनहुँको भिमाद नगरपालिका–२ धरमपानी बस्ने गोपाल कृष्ण सुवेदीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले गएराति सात जनालाई पक्राउ गरेको छ । प्रहरीले सुवेदीसहित ७ जनालाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी किहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २१ हजार ६ सय ६० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । सो घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
