अवैध गाँजासहित तीन जना पक्राउ
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरस्थित सडकबाट अवैध लागूऔषध गाँजा १ केजी ७ सय ग्रामसहित प्रहरीले शनिबार साँझ तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले पर्वत जलजला गाउँपालिका–३ वारीबेनी बस्ने २० वर्षीय सुमित परियारसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
