एकीकृत समाजवादीको सचिवालय बैठक आह्वान
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सोमबार बस्ने गरी आह्वान गरिएको छ ।
केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनबारे छलफल गर्न बैठक आह्वान गरिएको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार, सोमबार बस्ने बैठकको समय भने तय भैसकेको छैन ।
बैठकमा आगामी माघमा तय भएको महाधिवेशनको तयारीका सम्बन्धमा पनि छलफल हुनुका साथै केही नेताहरूको जिम्मेवार हेरफेर समेत गर्ने तयारी रहेको छ । पार्टी छोडेर गएका नेताहरूको ठाउँमा अन्य नेतालाई जिम्मेवारी दिने सो पार्टीको तयारी छ ।
