एमाले सचिवालय बैठक आज बस्दै

तु खबर संवाददाता
२०८० भाद्र १३, बुधबार ०९:००
file-photo

सिराह । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे सिरहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी) मा बस्ने एमाले मधेस प्रदेश इन्चार्ज एवम् केन्द्रीय सचिव योगेश भट्टराईले जानकारी दिए ।

बैठकले मिसन ग्रासरुट अभियानको समीक्षा गर्नुको साथै केन्द्रीय कमिटी बैठकको मिति तोक्ने एमालेले जनाएको छ ।

अम्वासमा २०४६ मा भएको एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारीलाई महासचिव चयन भएका थिए । एमालेको ऐतिहासिक स्थान भएकाले सो ठाउँमा पार्टीको सचिवालय बैठक राखिएको हो ।