बालिका बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र १२, मंगलवार १५:२६
सांकेतिक तस्बिर

दमौली । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तनहुँबाट एक विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका–७ का झुलबहादुर थापा रहेका छन् । उनी स्थानीय ज्यामिरेमाई प्राविका प्रधानाध्यापक रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, पीडित परिवारले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् ।

घटनापछि फरार रहेका थापालाई सोमबार साँझ लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकाको भोर्लेटारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय तनहँले जनाएको छ ।