सोमबार नेप्सेमा झिनो अंकको सुधार
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्सेमा झिनो अंकको सुधार आएको छ । आइतबार दोहोरो अंकले घटेको नेप्से सोमबार झिानो अंकले सुधार आएको हो ।
सोमबार नेप्से परिसूचक ५ अंकले बढेर १९९८ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २७९ कम्पनीहरुको ३६ लाख ७० हजार कित्ता शेयर किनबेच हुदा ९८ करोड ८६ लाखको कारोबार भएको छ ।
यसअघि आइतबार नेप्से परिसूचक २० अंकले घटेर १९९३ को विन्दुमा कायम भएको थियो भने नेप्सेमा सूचीकृत २८० कम्पनीहरुको ३८ लाख ९५ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब २६ करोड २७ लाखको कारोबार भएको थियो ।
यस्तै, नेप्सेमा सुधार आएसँगै आज ९ उपसूचकमा हरियाली छाएको छ भने बाँकीका ४ उपसूचकमा रातो पोतिएको छ । आज सर्वाधिक होटल तथा पर्यटन उपसूचक ०.८१ प्रतिशतले बढेको छ भने अन्य उपसूचक सर्वाधिक ०.२८ प्रतिशतले घटेको छ ।



