१० संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज एकैपटक १० वटा संसदीय समितिको बैठक बस्दैछ । बैठक दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।
प्रतिनिधि सभा निर्वाचन भएको १० महिनापछि आजै संसदीय समितिले सभापति पाउँदै छन् ।
१० वटा संसदीय समितिको सभापतिका लागि ९ वटा समितिमा एकल मनोनयन दर्ता भएकाले निर्विरोध निर्वाचित भइसकेका छन् । यद्यपि घोषणा हुन भने बाँकी छ ।
एउटा समितिमा दुई जनाको मनोनयन परेका कारण निर्वाचन प्रक्रियाबाट सभापति चयन हुँदैछ ।
