सन्दीप लामिछानेको मुद्दामा भएन सुनुवाइ

तु खबर संवाददाता
२०८० भाद्र १०, आईतवार १६:४०
file-photo

काठमाडौं । सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइन हुन सकेन । लामिछानेविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतमा पेसी तोकिएको भएपनि सुनुवाइ हुन नसकेको हो ।

न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको मुद्दा ‘हेर्न नभ्याइने’ भन्दै पन्छाइएको हो ।

नाबालिग बलात्कारको आरोपमा लामिछानेविरुद्ध गत कार्तिक १४ गते अदालतमा मुद्दा दायर भएको हो । उक्त मुद्दाको अन्तिम सुनुवाइका लागि आइतबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ भन्दै पन्छाइएको हो ।

लामिछानेविरुद्ध २१ भदौंमा १७ वर्षीया किशोरीले जाहेरी दिएकी थिइन् । क्यारेबियन प्रिमियर लिग खेल्न जमैका पुगेका उनी एक महिनापछि असोज २० मा नेपाल फर्किएका थिए । उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।