एमाले सचिवालय बैठक भदौ १३ गते बस्ने
सिरहा । नेकपा एमालेको शनिबार सिरहामा तय गरिएको सचिवालय बैठक यही भदौ १३ गते बस्ने भएको छ ।
धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तरको वर्षाका कारण सिरहामा सार्नुपरेको एमालेका जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले जानकारी दिए ।
उक्त बैठकमा सहभागी हुने भनेर एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार नै विराटनगर गएका थिए ।
एमालेले शनिबारदेखि भदौ १३ गतेसम्म सर्रे अम्बासमा सचिवालय बैठक गर्ने तय गरेको थियो
