मेयरको सचिवालय मर्मत गर्न ५३ लाखको टेन्डर
काठमाडौं । काठमाडौँ महानगरपालिकाले मेयर बालेन्द्र साह (बालेन) को सचिवालय मर्मत गर्नको लागि आधा करोड भन्दा बढीको टेण्डर आह्वान गरेको छ ।
महानगरपालिकाले सूचनामार्फत् मेयर बालेनको सचिवालय मर्मत गर्न ५३ लाख ८९ हजार ८३९ रुपैया ७१ पैसाको टेन्डर आह्वान गरेको हो ।
महानगरले जारी गरेको सूचनामा असोज ७ गते १२ बजेसम्म टेण्डर हालिसक्नुपर्ने उल्लेख छ ।
हेर्नुहोस् काठमाडौँ महानगरपालिकाले आह्वान गरेको टेन्डर ।

