पाँच किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र ८, शुक्रबार १६:०१
file-photo

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका– ४ ठाडीबाट करिब ५ केजी चाँदीको विभिन्न गरगहनासहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मधुबनी बरहमपुरा–३ बस्ने ५२ वर्षीय विश्वनाथ साह रहेका छन् ।

प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा कम्मरमा बाँधी ल्याएको अवस्थामा उक्त धातुसहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।