एकीकृत समाजवादीको महाधिवेशन माघमा हुने

तु खबर संवाददाता
२०८० भाद्र ८, शुक्रबार १५:५०

काठमाडौं । नेकपा एकीकृत समाजवादीको महाधिवेशन आगामी माघमा हुने भएको छ ।

ललितपुरमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले आगामी १४ गतेदेखि १८ गतेसम्म पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन सुझावसहित सर्वसम्मतीले पारित गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

यस्त,ै बैठकले मंसिरसम्म कमिटी नभएका पालिका र वडाहरूमा कमिटी गठन गर्ने र सबै कमिटीहरूले सदस्यताको विवरण संकलन गर्ने, महाधिवेशनलाई केन्द्रित गरी भदौ मसान्तसम्म संगठन र प्रचारको योजना बनाएर कार्यान्वयन गर्ने निर्णय गरेको छ ।