अवैध लागूऔषधसहित दुई जना पक्राउ
सर्लाही । सर्लाहीको कौडेना गाउँपालिका–२ लखनदेही पुल नजिकबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित बिहीबार दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत सितामढी ग्राम पंचायत विशनपुर गोनाही–९ थाना सोनबर्षा बस्ने ३६ वर्षीय मनोज राय र भारत ग्राम पंचायत ईनर्वा पररिया टोल बस्ने ३७ वर्षीय प्रमोद राय रहेका छन् । प्रहरीले अवैध लागूऔषध गाँजा करिब २ केजीसहित उनीहरुलाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय कौडेनाबाट खटिएको प्रहरीले बिआर ३० एएच ४३२६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
