जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ
सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–१० कोक्टीस्थित जयन्ता कटवालको सौरभ होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले कटवालसहित ५ जनालाई गएराति पक्राउ गरेको हो । उनीहरुलाई विशेष सूचनाको आधारमा प्रहरी चौकी कमजाखोजठाडी दुधौलीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट नगद ३० हजार ४०० रूपैयाँ र १ बुक तास बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अ नुसनधान गरिरहेको जनाइएको छ ।
