प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

तु खबर संवाददाता
२०८० भाद्र ६, बुधबार ०८:०१
file-photo

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएको हो ।

उक्त बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।

त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र तथा विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

गत साउन १० गतेयता अवरुद्ध रहेको सदनलाई सुचारु गराउने विषयमा दलहरू सहमति नजिक पुगेकोले आजको बैठकले निरन्तरता पाउने अपेक्षा गरिएको छ ।