रिक्त पदहरूको विवरण उपलब्ध गराउन अस्पताललाई निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २६ वटा स्वास्थ्य संस्थालाई रिक्त पद विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
मन्त्रालय मातहतका अस्पताल विभागलाई पत्र लेख्दै मन्त्रालयले रिक्त रहेका पदहरूको विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।
मन्त्रालयले सेवा समूह र उपसमूहका छुट्टाछुट्टै पानामा संलग्न गरी रिक्त पदहरूको पदपूर्ति गर्ने प्रयोजनको लागि एकीकृत विवरणसहितको माग आकृति फारम भरी यही भदौ १० गतेभित्र उपलब्ध गराइदिनु आग्रह गरेको छ ।
लोकसेवा आयोगको स्वीकृत वार्षिक तालिका अनुसार, आगामी आर्थिक वर्ष २०८०/०८१ मा मन्त्रालय अन्तर्गत रिक्त रहेका राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणीका सबै सेवा, समूह र उपसमूहका रिक्त पद विवरण उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको हो ।