जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
झापा । झापामा २० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको कानेपोखरी गाउँपालिका–३ घर दमक नगरपालिका–५ यलम्बर चोक डेरा गरी बस्ने ४३ वर्षीय मोहन बहादुर राई रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, राईले ती महिलालाई ललाई फकाई गत साउन १८ गते दिउँसो दमक नगरपालिका–८ स्थित होटलमा लगि जबरजस्ती करणी गरेको भनि प्रहरीमा उजुरी परेको थियो । सोही उजुरीको आधारमा प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
