सोमबार नेप्से १९ं९३ अंकले घटेर १९ सयको विन्दुमा झर्यो
मकवानपुर । आज साता कारोकारको दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजारमा गिरावट आएको छ ।
सोमबार नेप्से १२.९३ अंकले घटेर १९९८.२८ को विन्दुमा झरेको छ । २ हजारमाथि विन्दुमा रहेको नेप्से आजबाट घटेर १९ सयको विन्दुमा पुगेको हो ।
यस्तै, आज २७२ सूचीकृत कम्पनीहरुको ४१ लाख ६३ हजार ८ सय ७२ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ४० करोडको शेयर कारोबार भएको छ ।
यसअघि आइतबार नेप्से २२.९९ अंकले घटेर २०१०.१३ को विन्दुमा कायम भएका थियो भने २६९ सूचीकृत कम्पनीको ४३ लाख ७२ हजार ८ सय १ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
यसैगरी आज हिजो जस्तै आजपनि सबै उपसूचक राताम्मे भएको छ । आइतबार सबै समूहको शेयर घटेकोमा होटल, जलविद्युत्, बीमा र उत्पादन समूहको शेयर उच्च अंकले ओरालो लागेको थियो ।



