दुर्घटनामा परेर दुई जनाको ज्यान गयो

तु खबर संवाददाता
२०८० भाद्र ३, आईतवार ०८:४०
file photo

कास्की । कास्कीको रुपा गाउँपालिका–६ निगालझाँप्रास्थित भित्रीसडकमा सवारी दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ ।

पोखरा महानगरपालिका–३२ बाट रुपातालतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–००९प ५२०५ नम्बरको मोटरसाइकल शनिबार साँझ अन्दाजी ८०–९० मिटर तल खसी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।

दुर्घटनामा परेर ज्यान गुमाउनेहरुमा लमजुङको दूधपोखरी गाउँपालिका–६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही ठाउँका २४ वर्षीय अशोक गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनालगत्तै घाइतेलाई इलाका प्रहरी कार्यालय शिशुवाबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेको हो ।

दुर्घटनाको कारणबारेमा अनुसन्धान भइरहेको जनाइएको छ ।