जसपाले पार्टीको विधानबाट उमेर हद हटायो

तु खबर संवाददाता
२०८० भाद्र १, शुक्रबार १६:०७

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल ले पार्टीको विधानबाट उमेर हदको प्रावधान हटाएको छ । पार्टीको विधान अधिवेशनबाट तय गरिएको उमेर हद हटाएर कार्यकालको प्रावधान राखिएको हो ।

जसपाले पार्टी केन्द्रीय सदस्यको उमेर हद ७० तय गरेको थियो । विधानको धारा–८६ को उपधारा (१) मा ७० वर्ष उमेर भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिको पदाधिकारी पदमा निर्वाचित हुन वा मनोनीत हुन पाउने छैन भन्ने उल्लेख थियो ।

गत साउन २५ गते निर्वाचन आयोगले अभिलेखन गरिएपछि कार्यान्वयनमा आएको सो विधानमा धारा ८६ को उपधारा (१) लाई हटाइएको छ । विधानमा यसअघि राखिएको कार्यकाललाई कायमै राखिएको छ ।