माओवादीले थप्यो दुई जना केन्द्रीय सदस्य

तु खबर संवाददाता
२०८० भाद्र १, शुक्रबार १५:४५

काठमाडौं । नेकपा माओवादी केन्द्रले दुई जना केन्द्रीय सदस्य थप गरेको छ । माओवादीले बाबुराम गौतम (ओखलढुंगा) र अशोक कुमार मण्डल ‘अमर’ (सप्तरी) लाई केन्द्रीय सदस्यमा थप गरिएको हो ।

गौतमले कोशी प्रदेश सभामुखबाट राजीनामा दिएसँगै माओवादीले केन्द्रीय सदस्य बनाएको हो । यस्तै, मण्डल यादव उनी जनयुद्धकालीन नेता हुन् ।

यससँगै माओवादी केन्द्रीय सदस्य संख्या ४११ पुगेको छ । गत साउन १७ देखि २१ सम्म बसेको केन्द्रीय समिति बैठकमा विधान संशोधनपछि पार्टीले २४ जना केन्द्रीय सदस्य थप गरेको थियो ।