कोशीको प्रदेश सभा बैठक आज बस्दै
विराटनगर । कोशी प्रदेशको प्रदेश सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो ।
आजको बैठकको सुरूमा निवर्तमान सभामुख बाबुराम गौतमले दिएको राजीनामाबारे जानकारी गराउने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद् बिस्तार सम्बन्धी पत्र वाचन हुने कार्यसूची रहेको छ ।
आजैबाट २०८०–८१ को बजेट अध्यादेश सम्बन्धी छलफल गर्ने तयारीसमेत छ । गत असार १५ गते स्थगित भएको बैठक आज बस्न लागेको हो ।
