एमालेले बहिस्कार गरेपछि स्थगित भयो लेखा समितिको बैठक

तु खबर संवाददाता
२०८० श्रावण ३२, बिहीबार १५:२०
file-photo

काठमाडौं । नेकपा एमालेका सांसदहरुले संसदको सार्वजनिक लेखा समिति बैठक बहिस्कार गरेका छन् । बिहीबार अपराह्न बस्ने गरी आह्वान गरिएको बैठक एमालेका सांसदहरुले हशिस्कार गरेका हुन् ।

दिउँसो १ बजेका लागि बोलाइएको समितिको बैठकमा एमाले सांसदहरु अनुपस्थित भएपछि कोरम नपुग्दा बैठक नै स्थगित भएको समितिका जेष्ठ सदस्य समेत रहेका सभापति अर्जुननरसिंह केसीले जानकारी दिए ।

उनका अनुसार, बैठकमा सहभागी समितिको कार्यकक्षमा पुगेका अन्य दलका सांसदहरु एमाले सांसदको प्रतिक्षमा पौने २ बजेसम्म बसेका थिए । तर, त्यसबेला सम्म पनि एमाले सांसद नपुगेपछि बैठक स्थगित भएको हो ।

यसअघिको बैठकमा एमाले सांसद योगेश भट्टराईले लेखा समितिको सभापति चयन नगरे अर्को बैठक एमालेले बहिस्कार गर्ने बताइसकेका थिए ।