३० लाख रूपैयाँ अवैध रकमसहित दुई चिनियाँ नागरिक नियन्त्रणमा
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बुधबार अवैध रकमसहित दुई चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले चिनियाँ नागरिक गाओ हुई र ताङ जिङलाई ३० लाख रुपैयाँ अवैध रकमसहित नियन्त्रणमा लिएको हो ।
उनीहरूलाई आज राजस्व अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।
