बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले बलात्कार मुद्दाका फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको राजपुर नगरपालिका–५ राजपुरफरहदवा घर भएका रंजित शाह तेली रहेका छन् ।
३८ वर्षीय रंजित बलात्कार मुद्दामा फरार रहेका थिए । राजपुर–५ स्थित उनकै होटलबाट पक्राउ गरेर रंजितलाई अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
