साउन ३१ गते बोलाइएको राष्ट्रिय सभा स्थगित

तु खबर संवाददाता
२०८० श्रावण ३०, मंगलवार १५:५६
file-photo

काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ ।

यही साउन ३१ गते बिहीबार बस्ने भनिएको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको हो । सो बारे संसद् सचिवालयले एक सूचना जारी गर्दै जानकारी गराएका हुन् ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राष्ट्रिय सभाको बैठक भदौ ५ गते मंगलबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने जानकारी दिए ।