राष्ट्रपतिलाई भेट्न शितल निवास पुगे प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) राष्ट्रपति रामचन्द्र पौडललाई भेट्न शितल निवास पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिलाई भेट्न केहीबेरअघि शितल निवास पुगेका हुन् ।
शितल निवास नजिकै रहेको केन्द्रीय अनुसन्धान ब्युरोले सांसद सुनील शर्मालाई पक्राउ गरेसँगै सीआईबीमा भीडभाड लागेको छ । सोही क्रममा प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका हुन् ।
