घरेलु हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण २५, बिहीबार १७:५३

ईलाम । इलाममा एक व्यक्तिले घरेलु हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका गरेका छन् । पाँचथर हिलिहाङ गाउँपालिका–७ तम्फुवा घर भई हाल झापाको सूर्योदय नगरपालिका–२ सयपत्री टोल डेरा गरी बस्ने पूर्ण बहादुर तामाङले आफ्नै श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, ५० वर्षीय पूर्णबहादुरले सोमबार राति सामान्य विवाद हुँदा आफ्नै श्रीमती ४५ वर्षीया डम्बर कुमारी तामाङको घरेलु हतियार बामफोक प्रहार गरी हत्या गरेका हुन् ।

श्रीमतीको हत्या गरी फरार भएका पूर्णबहादुरलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर ईलामबाट खटिएको प्रहरीले बुधबार सूर्योदय नगरपालिका–२ लालिखर्कबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।