कांग्रेस सांसद सुनील शर्मा पक्राउ
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेता सुनील शर्मालाई पक्राउ गरेको छ ।
शर्मालाई काठमाडौंको टोखा क्षेत्रबाट पक्राउ गरेको हो । उनलाई के कारण पक्राउ गरेको भन्ने प्रहरीले खुलाएको छैन ।
शर्मा गत मंसिरमा सम्पन्न निर्वाचनमा मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
