राष्ट्रिय सभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

तु खबर संवाददाता
२०८० श्रावण २४, बुधबार ०८:०२
file-photo

काठमाडौँ । राष्ट्रिय सभा बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०१ बजे बस्ने गरी बोलाइएको हो ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार, आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।

यस्तै, विधायन व्यवस्थापन समितिका सभापति जयन्तीकुमारी राईले संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८० बैठकमा पेस गर्नेछिन् ।

यसअघिका बैठकहरूमा नेकपा एमालेले अवरोध गर्दै आएकोले आजको बैठक पनि प्रभावित हुने सम्भावना भने कायमै रहेको छ ।